असोज दोस्रो साता मौन


बहिरा जोडीको प्रेम कथा समेटिएको फिल्म ‘मौन’ आगामी असोज ११ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । क्वार्क फिल्म र आकाश–आदित्य इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी फिल्म रिलिजको घोषणा गरेको हो । फिल्ममा बहिरा बनेका नायिका नम्रता श्रेष्ठ र नायक अर्पण थापाको रोमान्सलाई दर्शकले हेर्न पाउनेछन् ।

कार्यक्रममा नायिका श्रेष्ठले सांकेतिक भाषा पुर्खाहरुको भएपनि गहिराइमा पुगेर यसको अध्ययन गर्न आफूलाई केही गाह्रो भएको बताइन् । नायक थापाले फिल्म दर्शकलाई बुझाउन भन्दा पनि हेरेर अनुभव गराउने उद्देश्य रहेको बताए । ‘संसारमा नयाँ सम्बन्ध कसरी बन्छ भन्ने कुरालाई मनोवैज्ञानिक रुपमा प्रस्तुत गरिएको छ ।’ उनले भने । निर्देशक सुरज भुषालले आफुले नौलो किसिमको फिल्म बनाएकाले आफु मौन रुपमा बस्ने बताए । निर्देशक भुषाले यसअघि ‘व्याच नम्बर १६’, ‘धन्दा’, ‘काठमाडौं (स्पेनिस फिल्म)’ र ‘ढुवानी’मा मुख्य सहायक निर्देशक भई काम गरिसकेका छन् ।
फिल्ममा शेखर चापागाई, बसन्त भट्ट, रश्मी भट्ट, अरुणा कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । नविन गौली र सुरज निर्माता रहेको फिल्ममा अर्पणको पटकथा÷संवाद, भुपेन्द्र खड्काको गीत, सुगम पोखरेल, स्वप्नील शर्माको संगीत, सुगम र सनुप पौडेलको स्वर, निमेष श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । कार्यक्रममा फिल्मको प्रोमो र गीतसमेत देखाइएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.