राजनीति
कथा बस्तुमा आधारित चलचित्र राजनीतिमा महानायक राजेश हमाल, कोमल ओली, रमेश
बुढाथोकी, दिपक सुवेदी र पवित्रा आचार्यको अभिनय रहेको छ । दिपक सुवेदी र
हरि पन्तको निर्माणमा तयार भएको चलचित्र राजनीतिमा महानायक राजेश हमाल
नेताको भूमिकामा देखिने भएको छ ।
बसन्त निरौलाले निर्देशन गरेको नेपाली चलचित्र राजनीति भदौको २८ गतेबाट अधिराज्यभर प्रदर्शनमा आउने भएको छ । राजनीति चलचित्रका निर्माणपक्षले प्रोमो र पोस्टर सार्बजनिक गरेको छ । राजनीति चलचित्रका निर्देशक बसन्तका अनुसार चलचित्रको प्रोमो र पोस्टर दर्शकहरुले मन पराएको बताए । उनका अनुसार चलचित्रको प्रोमो अहिले विभिन्न अनलाइनहरुमा र टेलिभिजनहरुमा प्रसारण भईरहेको बताए । Click me to watch the video



0 comments
Write Down Your Responses