रेखा र छविको खटपट सकियो

नायिका रेखा थापा र उनको श्रीमान छवि ओझाबीचको खटपट सकिएको छ ।

रेखा थापाले निर्माण गरेको चलचित्र 'काली' र उनका श्रीमान छवि ओझाले निर्माण गरेको चलचित्र 'लोफर' दुवै एकैदिन रिलिज हुने बजार हल्ला गरिएको थियो ।
असोज २५ गते 'फुलपाति' को दिन रेखा थापाको 'काली' र उनका श्रीमान ओझाले निर्माण गरेको 'लोफर' दुवै फिल्म एकै दिन रिलिज नहुने भएपछि यि दुई जोडिबीचको खटपट समाप्त भएको अनुमान गरिएको हो ।
रेखा थापाले लगानी गरेको चलचित्र 'काली' निर्माण गर्दा करिब ६० लाख रकम खर्च भएको रेखा थापाले बताएकी छन् ।
रेखा थापाले फिल्म निर्माण गर्नु आफ्नो लागि 'अग्नि परीक्षा' भएको र उक्त परीक्षामा आफु पास भएको टिप्पणी गरेकी छन् ।
रेखा थापाको लगानीमा तयार हुन लागेको फिल्म कालीको प्रदर्शन अधिकार उनका श्रीमान छवि ओझाले लिएका छन् ।
प्रदर्शन अधिकार पाएसँगै फिल्म कालीको कार्यकारी निर्माताको नाममा छवि ओझा लेखिएको छ ।
 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.