सुरज सुब्बाले निर्देशन गर्न लागेको चलचित्रमा करिश्मा






अभिनेत्री करिश्माको सुन्दरताको तारिफ नगर्ने सायदै होलान् । बढ्दो उमेरमा पनि उनको सुन्दरतामा केही कमी आएको छैन । उनि दश बर्ष अगाडी चलचित्र अभिनयमा जस्तो देखिन्थीन् अहिले पनि त्यस्तै छिन् । त्यसैले होला उनि भर्खर एक चलचित्रमा मुख्य भुमिकामा अनुबन्धीत भएकी छन् ।

करिश्मा सामाजीक बिषय बस्तुमा निर्माण हुने चलचित्र ‘वान वे’मा अनुबन्धित भएकी छन् । आरसी पिक्चर्सले निर्माण गर्न लागेको यस चलचित्रमा उनि हालै अनुबन्धीत भएकी हुन् । चलचित्रमा करिश्मा सहित सिद्धार्थ गुरुङ, माला लिम्बु, रविन तामाङ छनौट भएका छन् ।
चलचित्रमा  करिश्माको मुख्य भुमिका रहेको निर्माण पक्षले जानकारी गराएको छ । प्रदीप भट्टराईले लेखन रहेको चलचित्रलाई सुरज सुब्बाले निर्देशन गर्न लागेका हुन्  ।

0 comments

Write Down Your Responses

Powered by Blogger.