उपत्यकामा “माइ ब्रदर”


रावण ४ , कलिउड अपडेट । अविरल फिल्मस्को ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र माइ ब्रदर आज शुक्रबारदेखि उपत्यकाका १४ भन्दा बढी चलचित्र हल देखि प्रदर्शनमा आउने कुरा शो चलचित्रका वितरकहरुले जानकारी दिएकाछन एकै हप्ता २,३ चलचित्र पदर्शनमा आएर हल नपाई रहेको अबस्थामा माइ ब्रदरले भने १४,१५ हल पाउनुलाई अत्यन्तै खुशीको कुरा बनेको छ ।
बिष्णु भट्टराईको निर्देशन , मैना भण्डारी र सरु भट्टराई को निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता गोपाल भण्डारी र रामचन्द्र भट्टराई रहेकाछन भने माधव भण्डारी सह निर्माता रहेकाछन , कविराज गहतराज को कोरियोग्राफी ,बिरेन्द्र भट्टको छायांकन ,अस्त महर्जनको द्वन्द , बिपिन आचार्य / तिलक बम मल्ल र उज्वल लिम्बुको संगीत रहेको चलचित्र माइ ब्रदर लै उपत्यका बाहिरका दर्शकले अत्यन्तै मन पराएका थिए , साथै चलचित्र लाइ आफ्नै परिवारभित्रको घटना महसुश गरेका थिए, सुमिना घिमिरे , लक्की दीपक ,रमेश बुढाथोकी, बिमल गिरि, अन्जु थापा, साथै बाल कलाकार अनिश राइ र अनिश कंडेल को मुख्य भूमिका रहेको चलचित्रमा जीवन लुइँटेल लाइ पनि अतिथि कलाकारको भूमिकामा देख्न सकिन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.