News
»
गीत गाउँदा मानवअधिकार हनन् !
गीत गाउँदा मानवअधिकार हनन् !
गायिका जेनिफर लोपेजको एउटा कन्सर्ट विवादमा परेको छ। तुर्केमिनिस्तानमा मानवअधिकारसँग सम्बन्धित सदस्यहरूले लोपेजलाई मानवअधिकार तोडेको आरोप लगाएका छन्।
लोपेज र पिटबुल अमेरिकामा आयोजित एक कन्सर्टमा प्रस्तुति दिँदै । फाईल तस्विर : एजेन्सी
उनीहरूका अनुसार लोपेजले एक त्यस्ता व्यक्तिको जन्मदिनमा गीत गाएकी छिन् जोमाथि सधैं मानवअधिकार हननको आरोप लागिरहेको छ। लोपेजले तुर्केमितिस्तानका एक नेताको जन्मदिनका अवसरमा बर्थडे गीतहरू गाएकी थिइन्। कार्यक्रमपछि लोपेजका प्रवक्ताले यो प्रकरणमा माफी मागेका छन्। उनका अनुसार लोपेजलाई ती व्यक्तिको छविका बारेमा कुनै जानकारी थिएन। उक्त कार्यक्रमलाई चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले आयोजना गरेको थियो। -साप्ताहिकबाट
0 comments
Write Down Your Responses