News
»
दीपकले भित्राए कान्छी श्रीमती रीमा, घर लिलाम हुनबाट जोगाउन
दीपकले भित्राए कान्छी श्रीमती रीमा, घर लिलाम हुनबाट जोगाउन
सुन्दरी अभिनेत्री रीमा विश्वकर्माका लागि मरिहत्ते गर्ने ‘कुमार’ केटाको संख्या कम हुने कुरा भएन। तर, रीमा भने सौता लाग्न गएकी छिन्। उनलाई मनकी रानी बनाउन खोज्नेले आत्तिहाल्नु चाहिँ पर्दैन किनभने उनी अविवाहित अभिनेत्री दीपाश्री निरौलाकी सौता लाग्न गएकी हुन्।
टेलिसिरियल ‘तीतो सत्य’का स्थायी श्रीमान्–श्रीमती दीपक र दीपाको घरमा अघिल्लो हप्तादेखि नयाँ सदस्यका रूपमा रीमा थपिएकी हुन्। उनी दीपककी कान्छी श्रीमतीका रूपमा केही समय देखिनेछिन्। श्रीमतीले ढुकुटीमा पैसा डुबाएका कारण घर लिलाम हुनबाट जोगाउन कान्छी बुढी भिœयाएको कथामा रीमा ‘तीतो सत्य’मा भित्रिएकी हुन्। पर्दामा भए पनि दुई अविवाहित अभिनेत्रीलाई सौता झेल्ने अवसर मिलेको छ। साभार श्रोत ©नागरिकन्यूज
0 comments
Write Down Your Responses