निर्देशकबिनै लन्डन पुगेर सुटिङ गरिन् जेनिषाले


सुटिङ गर्नुपर्ने बेलायती शहरमा। तर निर्देशकको भिसा नै लागेन। निर्देशकलाई भिसा नलागे पनि निर्माणाधीन एउटा फिल्मको सुटिङ बेलायतमा भएको छ। लग्जम्बर्गमा बसेर पनि लगातार नेपाली फिल्म निर्माण गरिरहेका रमेश त्वयनाको पाँचौं फिल्म आधी बाटोको हालै लन्डनका विभिन्न स्थानमा सुटिङ गरिएको हो। निर्देशक सविर श्रेष्ठको भिसा नलागेपछि निर्देशकबिनै हालै नायिका जेनिषा केसी एक्लै लन्डन पुगेर त्यसको सुटिङ गरी काठमाडौं फर्केकी छिन्। लन्डनमा गीतसहित केही दृश्यको सुटिङ गरिएको नायिका केसीले जानकारी गराइन्। फिल्म ब्रिटिस सेनासँग सम्बन्धित भएकाले केही दृश्य बेलायतमै खिच्नुपर्ने कथाको माग पूरा गर्न विश्वको महँगो शहरमध्येको लन्डनमा सुटिङ गरिएको निर्माता त्वयनाले जानकारी गराए। लन्डनका रोचक दृश्यका कारण फिल्मको कथामाथि न्याय भएको र नेपाली फिल्ममा कहिल्यै नदेखिएका बेलायतका रमणीय दृश्य हेरेर फिल्मबाट मज्जा लिन सकिने पनि उनको भनाइ थियो। फिल्ममा लन्डन, ग्रीनबीच युनिभसिर्टी, ब्राइटन, ब्ल्याकपुल, लन्डन ब्रिजजस्ता नाम चलेका बेलायती शहरका रोचक र रमणीय दृश्य खिचिएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.