राजेश हमालसँग फोटो खिच्दा रोइन् नायिका


नायक राजेश हमाल लाखौ युवतीको मनमा छन् । उनीसँग एकपटक भेट्ने, डेटमा जाने सपना धेरै युवतीले देखेका हुन्छन् । राजेश हमाललाई भेट्दा वा देख्दा आखाबाट धेरैका आशु पनि झरेका छन् । तर नेपाली सिनेमाकी एक नव नायिकालाई पनि राजेश हमालसँग फोटो खिचाउँदा यस्तै भएको छ । एक कार्यक्रममा पुगेका नायक राजेश हमालसँग फोटो खिचेपछि नायिका अशिष्मा नकर्मीको आखाबाट आशु नै झरेको थियो ।‘राजेश हमाल जी मलाई पहिले देखि नै धेरै मनपर्छ, तर आजसम्म मैले उहाँसँग फोटो खिचाउने अवसर पाएको थिइन्, आज मैले संसार नै पाए जस्तो भएको छ’, अशिष्माले भनिन् ।
लामो समयदेखि हमालसँग भेट्ने चाहना बोकेकी अशिष्माले फोटो नै खिच्ने अवसर पाएपछि आफूलाई सम्हाल्नै सकिनन् र आखाबाट आशु झारिन् । लाखौ युवती जस्तै आफू पनि हमालको फ्यान भएको उनको तर्क छ । फोटो खिचाउन पाउँदा नै आखाबाट आशु झार्ने अशिष्माले राजेशसँग सिनेमा नै खेलिन् भने उनी कत्ती खुशी होलिन्, त्यो भने हेर्न बाँकी छ । स्रोत ©अनलाइनखबर

0 comments

Write Down Your Responses

Powered by Blogger.