खुबी भए कसैको ओछ्यान तताउनु पर्दैन : नीता ढुंगाना


चलचित्र ‘नोटबुक’ले चर्चा पाएपछि नायिका नीता ढुंगाना पनि सिने नगरीमा आशा लाग्दो रुपमा उदाइन् । चलचित्र ‘हाम्रो माया जुनी जुनी’लाई बाट सिने नगरीमा नायिकाको रुपमा उदाएकी नीताको हातमा अहिले राम्रो ब्यानरका सिनेमा छन् । उनै नायिका नीता ढुंगानालाई मलेसियामा रहेका नेपालीहरुले अनलाइनखबरको सह प्रकाशन नेपाली खबरका लागि प्रश्न सोधेका छन् । मलेसियामा रहेका नेपालीहरुले सोधेको प्रश्नमा आधारित रहेर नायिका ढुंगानासँग गरिएको कुराकानी: कलाकारहरुलाई राष्ट्रका गहना हुन् भनिन्छ तर अहिलेका नायिकाहरुले अभिनय गरेको
चलचित्रहरु घर परिवार सँग वसेर पुरै हेर्न पनि सकिदैन अव भन्नुहोस् हामी त्यस्ता कलाकारहरुलाई शिरमा राखौ कि पाउँमा ? त्यस्ता कलाकारहरुलाई त पाउँमा राख्नुपर्छ भन्ने मलाइ लाग्छ । तर सबै हिरोइन त्यस्ता पनि छैनन् । कलाकार चिनेर मात्र कसलाई शिरमा राख्ने र कसलाई पाउँमा राख्ने भनेर दर्शकले नै छुट्टाउनुपर्छ जस्तो लाग्छ मलाई । लाखौ नेपालीहरु विदेशमा हुनुहुन्छ यसलाई यहाँले कसरी हेरिरहनु भएको छ ?आउँदो संविधान सभाको चुनावमा तपाईको भुमिका कस्तो रहने छ ? संविधान सभाको निर्वाचनमा मेरो खासै ठूलो भूमिका हुन्छ जस्तो मलाई लाग्दैन । विदेशमा नेपाली दाजुभाई जानुलाई म दुखका साथ हेर्छु । तर बिदेश जान जरुरी पनि छ । तर यस्तो कुराले मेरो मन भने दुख्छ । तपाई हिरोइन वन्नुमा कस्को हात छ ? म हिरोइन बन्नुमा मेरो आफ्नै हात छ । मलाई कसैले टिपेर ल्याएको होइन । मेरो जन्म नै सिनेमा नगरीमा भएको हो । सपोर्ट त धेरैले गर्नु भएको छ । जीवन एउटा फुल हो भन्छन यहाले कसरी लिनु भएको छ ? जीवन फूल हो भन्ने मलाई लाग्छ । किनकी फूल पनि सुरुमा कोपीला हुन्छ, अनि फूल बन्छ र अन्त्यमा झरेर आफ्नो जीवन लिला समाप्त गर्छ । मानिसको जीवन पनि यस्तै हो । नेपाली नायिकाहरुलाई यस क्षेत्रमा प्रवेश गर्न निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने सुनिन्छ के यो साँचो हो ? ओछ्याउँन तताउने चै होइन चिस्याउँने काम भने गर्नुपर्छ । अरुले के गरे मलाइ थाहा छैन । म सानै देखि यो क्षेत्रमा लागेकाले मलाई कोही सामु झुक्नु परेन । आफूमा खुबी भएपछि निर्माता निर्देशक आफै झुकेर आउँछन् । ‘नोटवुक’ निक्कै सफल चलचित्र रहयो । अव फेरी तपाई वोल्ड सिन दिदै हुनुहुन्छ रे ? वोल्ड सिन दिदा मात्र फिल्म चल्छ भन्नेमा तपाईलाई विश्वास छ ? अनि तपाई फोटोमा देखिएजस्तै सेक्सी हुनुहुन्छ ? मैले कुनै पनि सिनेमामा बोल्ड सिन दिन लागेको छैन । बोल्ड क्यारेक्टरमा भने म आउँछु । बोल्ड सिनले सिनेमा चल्छ भन्नेमा म पटक्कै विश्वास गर्दिन । म फोटो र मान्छेमा खासै फरक छैन । म सेक्सी छैन, जस्तो कपडा लगाए पनि मलाई सुहाउँदैन । तपाईलाई राजनीतिमा कत्तिको चासो छ ? राजनीतिमा मलाई निक्कै चासो छ । तर राजनीतिमा लागेकाहरुले देश बिगारे जस्तो लाग्छ । यसैले यो क्षेत्रमा आउने सोच भने छैन । कलाकार हुनुहुन्छ यदि देशको प्रधानमन्त्रि हुनु भयो भने पहिलो काम के गर्नु हुन्छ ? म प्रधानमन्त्रीको कुर्सीमा पुगे भने छक्क परेर सुरुमा एक्लै हाँस्छु होला । बिहे गर्ने सोचाई वनाउनु भएको छ कि छैन ? प्रेमी छ कि छैन ? प्रेमी त मैले आजसम्म बनाएको छैन । यहाँ त आज लभ पर्छ भोली छुट्छ । यसैले प्रेमी बनाउँनु भन्दा नबनाउँदा नै फाइदा देख्छु । उमेर पुगेकी केटी मानिस भएपछि बिहे गर्ने सोचाई त आइहाल्छ नि । तपाई ‘मितिनी चलचित्र पछि लामो समय हराउनु भयो किन ? पहिलो पटक गितको मोडलिङवाट यात्रा शुरु गर्नु भएको साँचो हो ? मैले बालकलाकारको रुपमा ‘मितिनी’मा काम गरेपछि आफू सुहाउँदो भूमिका नै पाइन । म न सानो भए न ठूलो भएँ । यसैले पनि हिरोइन पनि बन्न सकिन, बालकलाकार पनि बन्न सकिन । मैले मोडलिङबाट करिअर सुरु गरेको भन्ने कुरा गलत हो । नेपाली कलाकारहरु विदेश पलाएन भैरहेका छन् तपाईको पनि कतै विदेश पलाएन हुने सोच त छैन ? मलाई दिमागमा यस्तो कुरा आजसम्म आएको छैन । मैले नेपालमै बसेर राम्रै रकम कमाएको छु । यहाँ नाम छ तर बदनाम हुने डर पनि छ । यसैले सजग भएर काम गरिरहेको छु ।

0 comments

Write Down Your Responses

Powered by Blogger.