शाहरुखसँग च्याट गर्न तयार हुनुहोस्

बलिउड बादशाह शाहरुख खानसँग अनलाईन च्याट गर्न मन छ भने तयार हुनुहोस् ।

शाहरुख खानले बुधबार राती ९ बजे आफ्ना फ्यानहरुसँग लाभइ च्याट गर्ने भएका हुन् । अहिले हलमा रिलिज भइरहेको फिल्म 'चेन्नई एक्सप्रेस' को बारेमा उनले कुराकानी गर्ने भएका हुन् ।

सोशल नेटवर्किङ साइटले जानकारी दिए अनुसार शाहरुख र चेन्नई एक्सप्रेसको निर्देशक रोहित शेट्टीले फेसबुक मार्फत फ्यानअरुसँग अनलाईन च्याट गर्ने भएका हुन् ।

उनीहरुले चेन्नई एक्सप्रेसको सुटिङको क्रममा भएको अनुभव शेयर गर्नेछन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.