नेपाली फिल्म हेर्दा च्यानल नै चेन्ज गर्नुपर्छ: ओली

माले नेता केपी ओलीले नेपालमा विदेशी सिनेमाको प्रतिबन्ध गर्नु आपत्तिजनक भएको बताएका छन् ।

एमले भातृ संगठन युवा संघले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । सोही अवसरमा ओलीले विदेशी फिल्मको प्रतिबन्ध लगाउनु भन्दा नेपाली फिल्मको प्रतिस्पर्धा र गुणस्तर बढाउनुपर्नेमा जोड दिए ।
कनु फिल्म हेर्न भन्ने अधिकार दर्शकको भएको भन्दै ओलीले आफ्नो पार्टी खुला अर्थनीतिमा विश्वास गर्ने दल भएकाले विदेशी उत्पादनमा रोक नलगाउने समेत स्पष्ट पारे ।
युवा संघले गरेको अन्तरक्रिया कला क्षेत्रको समस्या र समाधान विषयमा थियो । उक्त अन्तरक्रियामा ओलीले ग्ल्यामर र भल्गर एउटै नभएको भन्दै नेपाली फिल्म टेलिभिजनमा हेर्दा च्यानल नै चेन्ज गर्नुपर्ने स्थिती रहेको बताए ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.