प्रबिधिको पछाडी कहिले सम्म भाग्ने ? : सौरभ ढकाल
प्रबिधिको पछाडी कहिले सम्म भाग्ने ? : सौरभ ढकाल
०६० दशकसम्म नेपाली फिल्म आईपुग्दा आज हरेक फिल्मको प्रबिधि हामीले हेरी सक्यौं । हिजो 8mm को क्यामेरा देखि 16mm हुँदै super 16mm, 35mm र आज डिजिटल क्यामेरामा 5K सम्म आईपुग्दा नेपाली फिल्मको बजेट दर्शक र बजार समेत बिस्तार हुँदै गईरहेको छ ।
नर्वेमा शत प्रतिशत डिजिटल प्रबिधि छ भने नेपालमा ६५ प्रतिशतको हाराहारीमा डिजिटल प्रबिधीको प्रयोग भईरहेको छ । जुन ७ बर्ष अगाडी क्वेस्ट इन्टरटेन्मेन्टले कागबेनी फिल्म मार्फत नेपालमा डिजिटल प्रबिधि भित्र्यायो र नेपाली फिल्म पनि सफा र आँखा दुखाएर हेर्न नपर्ने दर्शकले महशुस गरे । साथसाथै मल्टिप्लेक्समा नेपाली फिल्म हेर्न जाने दर्शकको विस्तार हुँदै डिजिटल प्रबिधिले बजार विस्तार गरेर बिदेशी फिल्म मात्र लाग्ने हाम्रो फिल्म हलमा नेपाली फिल्मले पनि स्थान पाउन थाल्यो जुन नेपाली फिल्मकर्मीका लागि ठूलो उपलब्धि हो । अर्को उपलब्धि एकैसाथ एकैदिन संसारभर नेपाली फिल्म प्रदर्शन हुने वातावरण बन्यो ।
अफसोच हामीले यतिसम्म पाईसक्दा पनि अझै हामी प्रबिधिकै पछाडी भागिरहेका छौं । कथाबस्तुलाई पहिले जहाँ थियो त्यहिं नै छोडेका छौं । केहि नयाँ र केहि पुराना फिल्मकर्मीले केहि हदसम्म कथाबस्तुलाई र मेकिङबाट नेपाल लगायत विदेशमा बस्ने नेपाली दर्शकलाई राम्रो फिल्म बन्दैछ भन्ने राम्रो छाप छोडेका छन् भने केहिले भएको बजार पनि बिगार्दै गएको पाईएको छ । तर, आज नेपाली फिल्मकर्मी, हलवाला, चलचित्र विकास बोर्ड प्रबिधिले गर्दा नेपाली फिल्म नचलेको भन्ने आवाज उठाईरहेका छन् । फिल्मको क्यामेराको खिचाई, हलको वर्गिकरणको पछाडी दौडनेहरूको लर्को लागेको छ । हो, अहिलेको अवस्थामा नेपाली फिल्म जुन रूपमा अगाडी बढिरहेको छ त्यसको दोष हामी सबै फिल्मकर्मी, वितरक, प्रदर्शक तथा नीति नियम बनाउने संघसंस्था उत्तिकै जिम्वेवार छौं ।
एकअर्कालाई आरोप लगाउनु भन्दा पनि पहिला हामी आफैले आफैलाई मूल्याङ्कन गरौं, हामीले के गरिरहेका छौं ? पहिलो कुरा विकास बोर्डले आफ्नो जिम्वेवारी सहि ढंगले नीति नियम बनाएर त्यसलाई कार्यान्वयनमा ल्याउनु अहिलेको आवश्यकता हो । त्यसका लागि सबै संघसंस्थासँग उचित परामर्श लिनु उचित हुनेछ । त्यस्तै फिल्म हलवाला जसले आफ्नो मोनोपोली देखाईरहेको छ जसको सिधै असर निर्मातालाई पर्न गएको छ । बर्षौं लगाएर निर्माण गरिएका फिल्ममाथी हलवालाको रजाईंले निर्माता मारमा परिरहेका छन् । समयमा सहि हिसाब बुझाउन हिचकिचाउने प्रदर्शकहरू वक्स अफिसको बिरोध गर्दै जानुले हिसाबकिताब पारदर्शी हुन नसकेको निर्माताहरूको गुनासो आईरहन्छ ।
नेपाली फिल्म दिनप्रतिदिन धरासायी बन्दै छ, यस्तो स्थितीमा पनि नेपाली फिल्मकर्मीहरूको फिल्म निर्माण गर्ने जोश हराएको छैन । हप्तै पिच्छे नयाँ नयाँ फिल्मको घोषणा भईरहेका छन् । यस्तो अवस्थामा प्रदर्शकहरूले मेकरहरूलाई सम्मान गर्नुपर्ने हो तर त्यस्तो हुन सकेन । बिदेशी फिल्मको पूजा गर्ने बानी घट्ला भन्दा झन् बढ्दै गयो । हुनत व्यापारको कुरा पनि हो, जुनमा फाईदा हुन्छ त्यसमा लाग्नु । तर, नेपाली फिल्मलाई नै बाईकट गरि बिदेशी फिल्मको पछाडी दौडनु पक्कै जायज हैन । प्रदर्शकहरूले नेपाली फिल्म मेकर र नेपाली फिल्मलाई साथ दिने हो भने नेपाली उधोगको विकास हुन बेर लाग्दैन । बक्स अफिससँगै त्यसलाई पारदर्शी बनाउने हो भने निर्माताले टाउको समाउनु पर्ने अवस्था नआउन सक्छ ।
कुरा गरौं निर्माताको, निर्माताहरू पनि आफूहरूमा एक हुन नसक्नु, अर्काको खुट्टा तान्ने प्रवृति हुनु, बजारको अवस्था नबुझ्नु, मेकिङ शैली नबुझ्नु, दर्शकको चाहना नबुझ्नुले नै नेपाली फिल्मको विकास हुन सकेको छैन । यि कुराहरू बुझेर निर्माणमा आउने हो भने पक्कै पनि नेपाली फिल्मको विकास विस्तार हुनेछ । यता निर्देशकको अवस्था पनि नाजुक नै छ । छिमेकीको घरमा भईरहेको सुटिङ हेरेर निर्देशक बन्ने प्रवृतिले नेपाली फिल्म क्षेत्र खस्किएको हो । यसको प्रत्यक्ष असर पढेर, बुझेर, अनुभव लिएर आएका निर्देशकहरूमा परेको छ ।
अहिले केहि संघसंस्था हल वर्गिकरणको पक्षमा उभिएका छन् । हल वर्गिकरण हुनु र दर्शकले राम्रो फिल्म राम्रो गुणस्तरिय हलमा हेर्न पाउनु पक्कै खुसीको कुरा हुनेछ । साथै नेपाली फिल्मको विकास विस्तारमा समेत हल वर्गिकरणले सहयोग पुर्याउने छ । तर, अहिले जुन किसिमको हल वर्गिकरणको कुरा उठिरहेको छ, के त्यो साँच्चिकै नेपाली फिल्मको विकासको पक्षमा छ त ? फिल्म खिच्ने प्रबिधीलाई वर्गिकरणको मुख्य बुँदा बनाएको देखिन्छ । सम्बन्धित संघसंस्थाले यो बारेमा फिल्मकर्मीलाई ज्ञान दिनबाट चुकेको हो कि भन्ने 'फिल' भईरहेको छ ।
वर्गिकरणको मुद्दालाई गहिरिएर हेर्ने हो भने नेपाल जस्तो मुलुकमा टुके प्रोजेक्सन गर्ने हलको संख्या न्यून नै छ । यस्तो अवस्थामा फोरके क्यामेरा, टुके क्यामेरा भन्दै पछाडी लाग्नु पक्कै औचित्यहीन हुनेछ । जुन देशमा हलको गुणस्तर दयनिय छ त्यहि देशमा क्यामेराको क्वालिटीलाई आधार मानेर वर्गिकरण गर्न खोज्नु लज्जास्पद हुन्छ । हामी अहिले टुके, फोरके, फाईभके जस्ता क्यामेराको पछाडी दौडेर फिल्मको क्वालिटी राम्रो आउँदै भन्दै हिडिरहेका छौं ।
के टुके, फोरके, फाईभके जस्ता क्यामेराले खिच्दैमा फिल्मको गुणस्तर हुने हो ? वास्तवमा फिल्मको क्वालिटी क्यामेराको सेन्सर साईजमा निर्धारण हुन्छ ताकि त्यसको रेजुलेशनमा हैन । हामी जति सुकै ठूलो क्यामेरा प्रयोग गरेपनि अन्तत: कतिपय हलमा दर्शकले त्यहि डिभी र डिभीडी फर्याम्टबाट फिल्म हेर्छन् । अर्थात, नेपालका अझै पनि कतिपय हलमा डिभीबाट फिल्म देखाईन्छ । अझ अर्को रमाईलो कुरा के छ भने, फिल्म जुनसुकै क्यामेराले खिचे पनि सेन्सर गर्दा डिभिडी त्यो पनि न्यून क्वालिटीमा हेरिन्छ । अनि कसरी निर्धारण हुन्छ फिल्मको क्वालिटी ? जबसम्म हलको प्रोजेक्सन सहित अन्य गुणस्तरमा स्तरोन्नती हुँदैन तबसम्म क्यामेराको क्वालिटी हेर्नु बेकार नै हुनेछ ।
127 Hours - Canon 1D Mark IV, Canon 5D Mark II, Canon 7D ,Act of Valor - Canon 5D Mark II, Canon 7D, & Canon 1D Mark IV,The Avengers - Canon 5D Mark II & Canon 7D,Black Swan - Canon 7D & Canon 5D Mark II,Captain America - Canon 5D Mark II ,Iron Man 2 - Canon 5D Mark II,Like Crazy - Canon 7D,The Pirates! Band of Misfits - Canon 5D Mark II,Red State - Canon 7D,Red Tails - Canon 1D Mark IV, Canon 5D Mark II, & Canon 7D
माथी उल्लेख गरिएका केहि क्यामेरा र तिनले खिचेका फिल्मको नाम प्रस्तुत गरिएको छ । अहिले हलिउड र बलिउडमा पनि डिएसएलआर क्यामेरा फिल्म खिच्न निकै प्रयोग हुन थालेको छ । यो क्यामेरा वर्गिकरणमा किन अटाउन सकेन ? बुझ्नुपर्ने कुरा के छ भने, डिएसएलआर क्यामेराको रेजुलेशन र सेन्सर साईज टुके, फोरके, फाईभके भन्दा कम छैन । फिल्म खिच्न क्यामेरामा हुनुपर्ने मिनिमम क्वालिटी यसप्रकार छ -
Camera: Any
Frame Rate: 23.97 fps
Video Resolution: 1080p (1920 x 1080 )
Camera sensor: full frame 36x 24 mm (5d mark-II /Mark-III and Above)
Or
Camera Camera Censor
Full 2K is (2048x1152) = 10.24x5.76mm
1080 (1920x1080) = 9.6x5.4mm
720 (1280x720) = 6.4x3.6mm
Or
RED ONE: 22.1mm x 12.4mm
Or
EPIC: 27.65mm x 14.58 (Resolutions: 5120x2700, 5120x2560, 5120x2160, 4096x2304, and 3840x2160)
उल्लेखित क्यामेराको क्वालिटी प्रयोग गर्ने हो भने हलमा निम्नानुसारको प्रोजेक्सन क्वालिटी हुनुपर्ने हुन्छ ।
Screen Size
Up to 45ft (13.7m)
Brightness
~12,000 lumens
DLP® technology
0.98" 2K 3-chip DMD DLP Cinema® chip
Resolution
2048 x 1080 2K
Contrast
>2000:1
Lamp
1.4kW (CDXL-14M), 1.6kW (CDXL-16M), 1.8kW (CDXL-18SD), 2.0kW (CDXL-20SD)
Height
15" (395mm)
Width
26" (665mm)
Depth
27" (687mm)
OR
Screen Size
Up to 70ft (21.3m)
Brightness
~22,000 lumens
DLP® technology
1.2" 2K 3-chip DMD DLP Cinema® chip
Resolution
2048 x 1080 2K, Or upgradable to 4096 x 2160 4K
Contrast
>2100:1
Lamp
CDXL-20, CDXL-30, CDXL-30SD
Height
19" (483 mm)
Width
25" (635 mm)
Depth
46" (1068 mm)
SAURABH DHAKAL
Film Editor, Animator, Producer and Director.
Moviez Infinity Creation Pvt.Ltd.
July 22, 2013 at 5:03 AM
good article, keep it up man.